Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए ३३६ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

    सुदूरपश्चिममा थपिए ३३६ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 1.3K
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशमा थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार २२५ जनाको एन्टिजेन र ६९ जनाको पीसीआर परीक्षण गर्दा आज २३६ जनामा संक्रमण पुष्टि भएको हो ।

    आज संक्रमण पुष्टि भएकामध्ये ४७ जना आज नै भारतबाट फर्केका नागरिक हुन्। आज सुदूरपश्चिमका नाका भएर ६६६ जना स्वदेश फर्केका छन्। निर्देशनालयका अनुसार प्रदेशमा ४ हजार ७४३ जना सक्रिय संक्रमित पुगेका छन्।



    उनीहरुमध्ये ७९ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्। यस्तै पछिल्लो २४ घण्टामा कैलालीको सेती अस्पतालमा उपचाररत थप २ कोरोना संक्रमितको मृत्यु भएको छ।



    कैलालीको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

    यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार