Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गृहमन्त्री खाँणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता

    गृहमन्त्री खाँणद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्।

    गृहमन्त्री खाँणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन् ।



    मन्त्री खाँणले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड–१९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासन भत्ता वितरणबारेमा जानकारी लिनुएको प्रहरी प्रमुखले जानकारी दिएका छन् ।



    सिरहाका प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले मन्त्री खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीको रासन भत्ता शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए ।

    यस्तै, सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेले जिल्लामा शान्ति सुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिएको बताए । ‘जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड–१९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो’, एसपी काफ्लेले भने।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार