Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए ४१३ जना कोरोना संक्रमित, १९४ जना डिस्चार्ज

    सुदूरपश्चिममा थपिए ४१३ जना कोरोना संक्रमित, १९४ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • सोमबार, १७ माघ २०७८
  • 915
    SHARES

    कैलाली । सोमबार सुदूरपश्चिम प्रदेशमा थप ४१३ जनामा कोरोना पुष्टि भएको छ ।

    प्रदेशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा एक हजार ४४८ नमुना परीक्षण गर्दा थप ४१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।



    निर्देशनालयका अनुसार ३१२ नमुना पिसिआर गर्दा १४९ जना र एक हजार १३६ नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा २६४ जनामा संक्रमण देखिएको हो ।



    यस्तै २४ घण्टामा १९४ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

    निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा १६ जना, गड्डाचौकी नाकामा २२ जना, झुलाघाट नाकामा ३ जना र पलुघाट नाकामा ५ जना गरी ४६ जनामा संक्रमण देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार