Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

    सुदूरपश्चिममा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 849
    SHARES

    कैलाली । मंगलबार सुदूरपश्चिम प्रदेशमा थप २४६ जनामा कोरोना पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार १४२ जनाको नमूना परीक्षण गरिएको थियो । स्वास्थ्य निर्देशनालयका अनुसार पीसीआर विधिमार्फत् ८८ जना तथा एन्टिजेनमार्फत् १५८ जनामा कोरोना पुष्टि भएको हो।



    पीसीआरमार्फत् सेती प्रादेशिक अस्पतालमा ६१, महाकाली अस्पतालमा १४, डडेलधुरा अस्पतालमा १३ र एन्टिजेनमार्फत् कञ्चनपुरमा ७५, कैलालीमा १५, डडेलधुरामा १५, बझाङमा आठ, बाजुरामा १६, डोटीमा पाँच, बैतडीमा १५, अछाममा पाँच र दार्चुलामा चार जनामा संक्रमण पुष्टि भएको हो।



    यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर १८८ जना कोरोनाबाट निको भएका छन्। सो अवधिमा प्रदेशमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार