Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ

    क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १८ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले मंगलबार सिन्धुपाल्चोकको सुनकोसी घर भई भक्तपुर बस्दै आएका ३० वर्षीय रविन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई काठमाडौंको न्युरोडबाट पक्राउ गरेको हो ।



    प्रहरीका अनुसार उनले हालसम्म १ करोड ४८ लाख ४० हजार रुपैयाँको कारोबार गरेका थिए । उनको साथबाट क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग गर्ने मोबाइल सेटसमेत बरामद गरिएको छ ।



    उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा बुझाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार