Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुदूरपश्चिममा थपिए २०३ जना कोरोना संक्रमित

    सुदूरपश्चिममा थपिए २०३ जना कोरोना संक्रमित

    अनलाइन नेपाल
  • बुधबार, १९ माघ २०७८
  • 915
    SHARES

    कैलाली । सुदूरपश्चिम प्रदेशमा थप २०३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९६८ जनाको नमूना परीक्षण गर्दा २०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

    निर्देशनालयका अनुसार १३८ नमुना पिसिआर गर्दा ६७ जना र ८३० नमुना एन्टिजेन विधिबाट परीक्षण गर्दा १३६ जनामा संक्रमण देखिएको हो ।



    यस्तै २४ घण्टामा ५३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा भारतबाट फर्किएका ४६ जनामा संक्रमण पुष्टि भएको छ ।



    निर्देशनालयले दिएको जानकारी अनुसार गौरीफन्टा नाकामा १८ जना, गड्डाचौकी नाकामा २३ जना, झुलाघाट नाकामा ४ जना र पलुघाट नाकामा एकजना गरी ४६ जनामा संक्रमण देखिएको हो ।

    यसअघि मङ्गलबार यस प्रदेशमा २४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १८८ जना निको भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार