Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पाँच सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    पाँच सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५००ले बढेर रु ९२ हजार ७०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९२ हजार २०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार २०० कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।



    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।



    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०६ डलर आसपास कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार