Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि, कति दिने आवेदन ?

    जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले ५ करोड २२ लाख रुपैयाँबराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

    निष्कासन गर्ने कुल ५ लाख २२ हजार कित्ता सेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको सेयरमध्येको ५ प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ।



    सर्वसाधारणले बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।



    आईपीओ निष्कासन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ ९ गते स्वीकृति पाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार