Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • उखुबारी र ललितपुरमा शव फेला प्रकरण: हत्या आरोपमा तीन जना पक्राउ

    उखुबारी र ललितपुरमा शव फेला प्रकरण: हत्या आरोपमा तीन जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 2K
    SHARES

    विराटनगर । मोरङको उखुबारी धनपालथानस्थित खाल्डोमा भेटिएका दुई जना र ललितपुरको धापाखेलमा एक जनालाई हत्या गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम छन् ।



    अरोपीहरुलाई शुक्रवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । हत्यामा संलग्न मध्येका सिराहाको सिराहा नगरपालिका–२१ घर भएका अनिल मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीको भनाइ छ।



    प्रहरीका अनुसार उनीहरुले कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथानस्थित उखुबारीमा खाल्डो खनेर गाडिएको थियो भने लिम्बुको शव बिहीबार ललितपुर महानगरपालिका–१२ ठेंचोस्थित एक गोदाम घर रहेको कम्पाउण्डमा गाडिएको अवस्थामा फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार