Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • मोरङको उखुबारी र ललितपुरमा शव फेला प्रकरण : थप २ जना आरोपी सार्वजनिक

    मोरङको उखुबारी र ललितपुरमा शव फेला प्रकरण : थप २ जना आरोपी सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । मोरङको धनपालथान–७ स्थित उखुबारीको खाल्डोमा भेटिएका दुई जना र ललितपुरको धापाखेलमा एक जनालाई हत्या गरेको आरोपमा शुक्रबार ३ जनालाई सार्वजनिक गरेको प्रहरीले आज थप २ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ।

    जिल्ला प्रहरी कार्यालय मोरङले आज थप २ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका ३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवागन्ज गाउँपालिका–६ बस्ने जिरोगौवाका १८ वर्षीय मोहमद हकिम रहेका छन् । सुभाम र हकिमलाई प्रहरीले शुक्रबार पक्राउ गरिएको जनाएको छ ।



    यसअघि प्रहरीले सोही हत्याकाण्डमा संलग्न रहेको आरोपमा ३ जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित साह, सिराहा घर ३१ वर्षीय अनिल कुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ घर भएका ६२ वर्षीय नासिर आलम थिए ।



    हत्यामा संलग्न मध्येका सिराहाको सिराहा नगरपालिका–२१ घर भएका अनिल मुख्य योजनाकार रहेको अनुसन्धानबाट खुलेको मोरङ प्रहरीको भनाइ छ।

    मोरङ र ललितपुरमा धितोमा जग्गा राखेर बैंक ग्यारेन्टी मिलाएबापत आउने ‘कमिशन’ बाँडफाँडमा विवाद भएपछि ३ जनाको हत्या भएको प्रहरीको भनाई छ । मंसिर २८ मा ललितपुरको धापाखेलमा तेह्रथुम घर भएका ६२ वर्षीय मोहनप्रसाद लिम्बुको हत्या भएको थियो भने सप्तरी घर भएका शम्भु चौधरी र सुनसरीको धरान उपमहानगरपालिका–३ घर भएका राजेन्द्रकुमार श्रेष्ठलाई मोरङको धनपालथान गाउँपालिका–७ मा रहेको उखुबारीमा लगेर हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

    प्रहरीका अनुसार उनीहरुले कारोबारको रकम एकलौटी बनाउने उद्देश्यले साझेदारहरु राजेन्द्र कुमार श्रेष्ठ, शम्भु कुमार चौधरी र मोहन लिम्बुको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार