Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोरङको उखुबारीमा शव फेला प्रकरण : ललितपुरमा तेस्रो शव भेटियो

    मोरङको उखुबारीमा शव फेला प्रकरण : ललितपुरमा तेस्रो शव भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, २० माघ २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । ललितपुरको धापाखेल दोबाटोमा एक जनाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ ।

    मोरङमा उखुबारीको खाल्डोमा गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्ति पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला परेको हो ।



    गत माघ १३ गते मोरङको धनपालथान-७ बोर्डिङ टोलस्थित उखुबारीमा दुई शव फेला परेको थियो । सोही घटनामा बेपत्ता रहेका उनको शव ललितपुरमा फेला परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



    बिहीबार काठमाडौंबाट घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरी प्रहरीले मोरङ पठाएको छ। उनी अनिलकुमार मण्डल हुन्।

    मोरङमा मृत फेला पर्नेमा सुनसरी धरान ३ घर भई भक्तपुरमा बस्दै आएका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भू चौधरी मृत फेला परेका थिए । प्रहरीले मोरङमै घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    One response to “मोरङको उखुबारीमा शव फेला प्रकरण : ललितपुरमा तेस्रो शव भेटियो”

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार