Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुधबार शव भेटिएको मोरङको उखुबारीमा आज अर्को पनि शव भेटियो

    बुधबार शव भेटिएको मोरङको उखुबारीमा आज अर्को पनि शव भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । बुधबार गाडिएको अवस्थामा शव भेटिएको मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा आज अर्को पनि शव भेटिएको छ । उखुबारीमा रहेका दुई खाल्डामध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्को खाल्डो बिहीबार उत्खनन गरिएको थियो ।

    बिहीबार उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेपछि प्रहरीले शव खाल्डोबाट बाहिर निकाल्ने तयारी थालेको छ ।



    हिजो (बुधबार) प्रहरीले सोही ठाउँबाट एक पुरुषको शव फेला पारेको थियो । दुबै शव एकै पटक खाल्डो खनेर पुरेको हुन सक्ने प्रहरीको भनाइ छ । शवको पहिचान भइसकेको छैन । दुई खाल्डो उखुबारीमा करिब २० मिटरको दूरीमा छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार