Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • उखुबारीमा शव फेला प्रकरण: दुवैको पहिचान खुल्यो [अपडेट]

    उखुबारीमा शव फेला प्रकरण: दुवैको पहिचान खुल्यो [अपडेट]

    अनलाइन नेपाल
  • आइतबार, १६ माघ २०७८
  • 2.3K
    SHARES

    फाइल फोटो

    विराटनगर । बुधबार र विहिबार लगातार मोरङको धनपालथान–७ मा रहेको उखुबारीबाट निकालिएको दुवै शवको पहिचान भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बुधबार उत्खनन गरी निकालिएको शवको पहिचान भएको हो । शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौं बस्ने शम्भु चौधरीको रहेको खुलेको प्रहरीले जनाएको छ ।



    यसअघि शुक्रबार दिउँसो बिहीबार उत्खनन गरी निकालिएको शवको पहिचान भएको थियो । कपडासहित करिब ७ मिटर गहिरो खाल्डोबाट निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको थियो।



    यता, चौधरीको शव पहिचानमा भने प्रहरीले शवको साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको थियो । सोही आधारमा मृतकको पहिचान भएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार पहिचान खुलेका दुवै जना साथीहरु हुन्।

    गत मंसिर पहिलो साता व्यवहार मिलाउन भन्दै श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए । चौधरी पनि उनीसँगै आएको प्रहरीको निष्कर्ष छ । लेनदेनको विवादमा दुवै जनाको सँगै हत्या भएको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार