Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोरङमा आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    मोरङमा आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार, एक जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १८ असार २०८०
  • 798
    SHARES

    संकेतिक तस्विर

    मोरङ । आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मोरङको बूढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय भवेन्द्र डेका रहेका छन् । डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई बूढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि आज खुकुरीले हानेका थिए ।



    भारतको आसाम घर भएका भवेन्द्र पत्नीसँगै सुनसरीको दुहवी नगरपालिका–७ भलुवास्थित ससुराली घरमा बस्दै आएका थिए । पतिको खुकुरी प्रहारबाट रेखा गम्भीर घाइते भएकी छन् ।



    खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र हातका २ वटा औंलामा गहिरो चोट लागेको छ ।

    घटनामा संलग्न भवेन्द्रलाई इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले खुकुरीसहित पक्राउ गरेको छ । सामान्य पारिवारिक विवादमा उनले पत्नीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार