Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मोरङबाट ३८ किलो गाँजा बरामद

    मोरङबाट ३८ किलो गाँजा बरामद

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 600
    SHARES

    मोरङ । प्रहरीले मोरङबाट अन्दाजी ३८ किलोग्राम गाँजा बरामद गरेको छ ।

    मोरङको बूढीगंगा गाउँपालिका-४ नेमुवाबाट प्रहरीले अन्दाजी ३८ किलोग्राम गाँजा बरामद गरेको हो ।



    गाँजा ओसारपसारमा संलग्न भने प्रहरीलाई छलेर भाग्न सफल भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकल चेकजाँचका लागि प्रहरीले बिहान ५ बजेतिर रोक्न खोजेको थियो ।



    जेब्रा झोला र पछाडि बोकेको भिर्ने झोला सडकमा फालेर मोटरसाइकलमा सवार व्यक्ति फरार बनेको प्रहरीले जनाएको छ । कोसी लोकमार्गमा चेकजाँचका लागि खटिएको इलाका प्रहरी कार्यालय नेमुवाबा खटिएको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो ।

    नियन्त्रणमा लिएर दुवै झोला खानतलासी गर्दा अन्दाजी ३८ किलोग्राम गाँजा बरामद भएको छ । फरार रहेको मोटरसाइकल र मोटरसाइकलमा सवार रहेका २ जनाको खोजी तीव्र पारिएको मोरङ प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार