Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • विराटनगरका क्यासिनोमा प्रहरी सेटिङ, खुकुरी हानाहानपछि खुल्यो पोल

    विराटनगरका क्यासिनोमा प्रहरी सेटिङ, खुकुरी हानाहानपछि खुल्यो पोल

    अनलाइन नेपाल
  • शनिबार, २८ पुष २०८०
  • 11.3K
    SHARES

    विराटनगर । विराटनगरका क्यासिनोमा नेपालीलाई खुलेआम जुवा खेलाइने र मिटरब्याजको धन्दा चल्ने गरेको खुलेको छ ।

    शुक्रबार दुई समूहबीच खुकुरी हानाहानपछि सेटिङ बाहिरिएको हो ।



    बिग होटलमा रहेको सम्राट क्यासिनोमा नेपालीहरूबीच नै झगडा भएपछि यो प्रकरण बाहिर आएको हो ।



    मिटरब्याजको विषयमा झगडा भएपछि विराटनगरका रोनाल कँडेलमाथि खुकुरी प्रहार भएको हो । झापाका बिक्रम थपलियाको समूहले उनीमाथि आक्रमण गरेको हो ।

    कँडेल र थपलिया दुवै गुन्डागर्दी, सट्टेबाजी तथा मिटरब्याजको धन्दामा संलग्न छन् । दुवैको मोरङ प्रहरीका अधिकारीसँग समेत निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।

    थपलियालाई प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ ।

    तर विराटनगरमा रहेका रत्ना होटल र बिग होटलका क्यासिनोमा भारतीय भन्दा नेपाली धेरै हुने गरेका छन् ।

    क्यासिनोले मोरङ एसपीमा सेटिङ मिलाएकाले कहिलै छापा हान्ने गरिएको छैन । मोरङका एसपी दीपक पोखरेल तथा डिएसपी रञ्जन दाहालको शंकास्पद भूमिका देखिएको छ ।

    यो घटनामा क्यासिनो समेत मुछिए पनि क्यासिनो सञ्चालकमाथि अनुसन्धानमा चासो दिइएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार