Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • काठमाडौंका क्यासिनोमा नेपाली जुवाडेको भिड बढ्दै, प्रहरी किन मौन ?

    काठमाडौंका क्यासिनोमा नेपाली जुवाडेको भिड बढ्दै, प्रहरी किन मौन ?

    अनलाइन नेपाल
  • बिहिबार, २१ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । प्रहरी मौन बस्दा काठमाडौंका क्यासिनोमा नेपाली जुवाडेको भिड बढ्न थालेको छ । प्रहरीले छापा हान्न छाडेपछि खुलेआम रूपमा क्यासिनोले नेपाली छिराउने गरेका छन् । नक्कली भारतीय कार्डका आधारमा नेपालीहरू क्यासिनो पुग्ने गरेका छन् ।

    प्रहरीले नक्कली आधार कार्ड बनाउनेलाई पक्राउ गरे पनि सोही कार्ड लिएर जुवा खेल्न जानेलाई भने पक्राउ गर्नलाई चासो दिएको छैन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार नक्कली आधार कार्ड बनाएको आरोपमा तीन जनालाई पक्राउ गरेको हो ।



    दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल बुढानिलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, चिसंखुगढी गाउँपालिका–८ रातोमाटे, ओखढुंगा घर भई ललितपुर सातदोबाटो बस्ने ३९ वर्षीय नविन राई र तिलोत्तमा नगरपालिका–२१ कोटिहवा घर भई काठमाडौँको तारकेश्वरमा बस्ने २५ वर्षीय विनोद न्यौपाने पक्राउ परेका हुन् ।



    उनीहरूले क-कसको नक्कली आधार कार्ड बनाएको भन्ने विषयमा प्रहरीले केही बताएको छैन । जबकि नक्कली आधार कार्ड लिएर क्यासिनो खेल्न जानेहरू यसमा मुख्य कसुरदार हुनुपर्ने हो । यसको अनुसन्धान क्यासिनो सञ्चालकसम्म पुग्ने अवस्था छ। तर क्यासिनो सञ्चालकको प्रहरीको उच्च तहसम्म रहेको सम्बन्धले जुवाडेसम्म पनि प्रहरी पुग्न चासो दिएको छैन ।

    काठमाडौंका क्यासिनोमा आधाजसो नेपाली ग्राहक हुने गरेका छन् । यो कुरा प्रहरीलाई जानकारी भए पनि महिनौँदेखि छापा हानिएको छैन । जबकि नेपाली ग्राहक छिराएमा क्यासिनोको लाइसेन्स नै खारेज हुने कानूनी प्रावधान छ ।

    तर, सञ्चालकहरूकै मिलेमतोमा नक्कली कागजपत्र तथा स्टाफ बनाएर नेपालीलाई क्यासिनोभित्र छिराउने गरेका छन् । एक जना पनि जुवाडे क्यासिनोबाट पक्राउ नपर्नुले पनि क्यासिनोमा प्रहरीको सेटिङको आरोपलाई पुष्टि गर्दछ ।

    मेरियट होटलमा रहेको डेल्टिन र सोल्टी होटलस्थित माजोङ क्यासिनोमा नेपालीको सबैभन्दा भिड लाग्ने गरेको छ। यिनै क्यासिनोले सेटिङमा नेपालीलाई खुलेआम जुवा खेलाउने गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार