Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सुनको सिक्री थुत्ने गिरोहका तीन जना पक्राउ

    सुनको सिक्री थुत्ने गिरोहका तीन जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 942
    SHARES

    विराटनगर । मोरङ प्रहरीले महिलाले घाँटीमा लगाएको सुनको सिक्री थुत्ने गिरोहका तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ का २६ वर्षीय विशाल राय, जगरनाथपुर नगरपालिका–६ का २९ वर्षीय उमेश राय यादव र १० वर्षीय बालक रहेका छन् ।



    उनीहरुलाई प्रहरीले मोरङको सुन्दरहरैँचाबाट पक्राउ गरेको हो। सुलकपुरस्थित बजारमा साँझ ७ बजेतिर शब्जी किन्दै गरेकी सुन्दरहरैँचा–९ की निर्मला राईको घाँटीबाट विशालले सिक्री थुतेका थिए ।



    महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्न खोज्दै गर्दा उनलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीका अनुसार थुत्नसाथ सिक्री विशालले १० वर्षीय बालकलाई थमाइदिएको पत्ता लागेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार