Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपत्यकामा जुवा र हुन्डी फस्टायो, क्यासिनोलाई उन्मुक्ति

    उपत्यकामा जुवा र हुन्डी फस्टायो, क्यासिनोलाई उन्मुक्ति

    अनलाइन नेपाल
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । दशैं सुरू भएसँगै काठमाडौं उपत्यकामा जुवा र हुन्डी जस्ता आर्थिक अपराध मौलाएका छन् । नियामक निकायहरू कमजोर हुँदा आर्थिक अपराध बढेका हुन् ।

    काठमाडौंका क्यासिनोहरुमा यतीबेला जुवाडेको भिड लागेको छ । क्यासिनोमा नेपालीलाई जुवा खेल्न प्रतिबन्ध छ । तर, भारतीय रासनकार्ड बनाएर नेपालीहरूलाई जुवा खेलाउने गरिएको छ । जसमा प्रहरीसम्म पनि सेटिङ रहेको स्रोत बताउँछ । जसकारण प्रहरीले कुनै पनि क्यासिनोमा छापा हानेको छैन ।



    सबैभन्दा धेरै नेपाली मेरियट होटलमा रहेको डेल्टन क्यासिनोमा छिर्ने गर्दछन् । जहाँ दैनिक १५–२० जना पेशेवेर जुवाडे जाने गरेको स्रोत बताउँछ । त्यहाँ नेपालीहरुले समेत टेबुल लिएर जुवा खेलाउँदै आएका छन् ।



    सुन तस्करीमा समेत छानबिनमा तानिएको होटल अलफ्टस्थित वाल्डो क्यासिनोमा पनि चिनियाँ मुलका जुवाडेको अखडा बनेको छ । सुन तस्करीको पैसा सोही क्यासिनोबाट विदेश लैजाने गरिएको खुलेपनि सो क्यासिनोलाई प्रहरीले उन्मुक्ति दिएको थियो । अन्य क्यासिनोहरुमा पनि पछिल्ला दिनमा जुवाडेको भिड बढेको सूचना पाएपछि प्रहरी अधिकारीले चासो दिएका छैनन् । क्यासिनो सञ्चालकले प्रहरीको उच्च तहसम्मै सेटिङ मिलाएको बताउने गरेका छन् ।

    त्यस्तै, दशैंको मुखमा हुन्डी कारोबार पनि फस्टाएको छ । दशैंमा विदेशबाट लाखौंले हुन्डीबाट पैसा पठाउने गर्दछन् । तर, प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर दुवैले हुन्डी कारोबार नियन्त्रणमा रहस्यमय रुपमा मौनता देखाएका छन् । सोही कारण यो वर्ष खुलेआम हुन्डी कारोबार भएको स्रोत बताउँछ । सबै जसो ठूला हुन्डी कारोबारीको प्रहरीका अधिकारीसँग दोस्ती छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार