Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • क्यासिनो संचालनलाई थप कडाइ गर्दै सरकार

    क्यासिनो संचालनलाई थप कडाइ गर्दै सरकार

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 624
    SHARES

    काठमाडौं । सरकारले क्यासिनो सञ्चालनलाई थप कडाइ गर्ने भएको छ । जसका लागि सरकारले क्यासिनो सञ्चालकलाई नियमन गर्न कडा नीति अवलम्बन गर्ने भएको छ ।

    सरकारले एउटै इजाजतबाट एकभन्दा बढी क्यासिनो चलाउन प्रतिबन्ध लगाउन हाल विद्यमान क्यासिनो सञ्चालनसम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । एक वर्षभित्रै लागू हुनेगरी सरकारले पर्यटन ऐन २०३५ संशोधनअन्तर्गत यो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको हो ।



    संसदबाट पारित भए लगत्तै नयाँ प्रावधान लागू हुने पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले यस्तो जानकारी गराएका हुन् । विभागका अनुसार संशोधनका लागि प्रस्तावित प्रावधानअनुसार एक वर्षभित्रै क्यासिनो सञ्चालक कम्पनीले एउटाभन्दा बढी चलाउनुपरेमा नयाँ कम्पनी दर्ता गर्नुपर्नेछ ।



    ‘यी विषय नियमावलीमा थियो । मनी लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण) का कारण यसलाई ऐनमा लगिएको हो । पुराना क्यासिनोको हकमा एकभन्दा बढी क्यासिनो सञ्चालन गर्दै आएका कम्पनीले एक वर्षभित्रै अलग कम्पनी स्थापना गरेर इजाजत लिनुपर्ने व्यवस्था लागू गर्न लागिएको विभागले जनाएको छ ।

    विभागका अनुसार यसअघि प्रशासनिक निर्णयअनुसार २०७० सालभन्दा अगाडि एउटै लाइसेन्सबाट चारवटा क्यासिनो सञ्चालन गर्न पाउने व्यवस्था थियो । नियमावली र आर्थिक विधेयकले एउटै मात्र चलाउन अनिवार्य गरे पनि मुलुकमा चारवटा कम्पनीले अदालतको स्टे अर्डरबाट एकभन्दा बढी क्यासिनो सञ्चालन गरेका थिए । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार