Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • मोरङको उखुबारीमा भेटिएको दुई वटा शवमध्ये एउटाको पहिचान खुल्यो

    मोरङको उखुबारीमा भेटिएको दुई वटा शवमध्ये एउटाको पहिचान खुल्यो

    अनलाइन नेपाल
  • बिहिबार, १३ माघ २०७८
  • 1.9K
    SHARES

    विराटनगर । बुधबार र विहिबार लगातार मोरङको धनपालथान–७ मा रहेको उखुबारीबाट निकालिएको दुईमध्ये एउटा शवको पहिचान भएको छ ।

    बिहीबार उत्खनन गरी निकालिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कपडासहित करिब ७ मिटर गहिरो खाल्डोबाट निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको समेत खुलेको छ ।



    त्यसैगरी बुधबार निकालिएको पुरुषको शवको भने पहिचान भएको छैन । प्रहरीले उनको साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ ।



    प्रहरीका अनुसार श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ भने बुधबार निकालिएको शवको घाँटीमा डोरीको डामसहित हातमा पनि डोरीले बाधिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार