Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मोरङमा शव फेला प्रकरण: सुनको कारोबार मिलाउन धरान आउँदा उखुबारीमा गाडिए

    मोरङमा शव फेला प्रकरण: सुनको कारोबार मिलाउन धरान आउँदा उखुबारीमा गाडिए

    अनलाइन नेपाल
  • शुक्रबार, १४ माघ २०७८
  • 2.1K
    SHARES

    फाइल फोटो

    विराटनगर । बुधबार र विहिबार लगातार मोरङको धनपालथान–७ मा रहेको उखुबारीबाट निकालिएको दुईमध्ये एउटा शवको पहिचान भएको छ ।

    बिहीबार उत्खनन गरी निकालिएको शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कपडासहित करिब ७ मिटर गहिरो खाल्डोबाट निकालिएको शव धरान उपमहानगरपालिका–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको भएको मोरङ प्रहरी प्रमुख जनार्दन जिसीले जानकारी दिए । श्रेष्ठ भक्तपुरमा बस्दै आएको समेत खुलेको छ ।



    त्यसैगरी बुधबार निकालिएको पुरुषको शवको भने पहिचान भएको छैन । प्रहरीले उनको साथबाट एनटिसीको सिम कार्ड, पर्स र सवारी चालक प्रमाणपत्र पनि फेला पारेको छ । प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको छ ।



    प्रहरीका अनुसार श्रेष्ठको घाँटीमा डोरीले बाँधेको डाम देखिएको छ भने बुधबार निकालिएको शवको घाँटीमा डोरीको डामसहित हातमा पनि डोरीले बाधिएको थियो । श्रेष्ठ केही वर्षअघि धरानमा सुनको व्यापार गर्दै आएको र पछिल्लो समय काठमाडौं बस्दै आएको खुलेको छ ।

    एसपी जिसीका अनुसार श्रेष्ठ काठमाडौंबाट परिवारका सदस्यलाई कारोबार मिलाउनु छ भन्दै धरान जाने भनेर निस्किएका थिए । केही दिन उनी होटलमा बसेको पनि खुलेको छ ।

    अपहरणपछि श्रेष्ठ र अर्का एकजनाको हत्या भएको हुनसक्ने प्रहरी अधिकारीहरुको आशंका छ । तर, उनीहरु हराएकोबारे प्रहरीका अन्य निकायमा कुनै सूचना नभएको पाइएको छ ।

    दुवै शवको घाँटीमा डोरीले बाँधेको छाप र एक शवको हात बाँधिएको पाइएको छ । दुवै शव गलाउन खाल्डोमा नुन प्रयोग गरिएको पाइएको छ ।

    दुवै शव एकै समयमा खाल्डोमा गाडिएजस्तो प्रकृतीको रहेको एसपी जिसीले बताए । प्रहरीले पहिचान नभएको अर्को शवको पहिचान गर्ने प्रयास गरिरहेको छ । प्रहरी अधिकारीहरुका अनुसार खाल्डोभित्र घुडा टेकाएर राखेको र प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार