Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

    मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २१ माघ २०७८
  • 753
    SHARES

    फाइल तस्विर

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुरमा मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु भएको छ ।

    कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला भन्ने स्थानमा मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।



    आज दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको मृत्यु भएको हो ।



    मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार