Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • भाडामा बस्दै आएका दुई जनाले गरे आफ्नै घरबेटी लुटपाट

    भाडामा बस्दै आएका दुई जनाले गरे आफ्नै घरबेटी लुटपाट

    अनलाइन नेपाल
  • शनिबार, २२ माघ २०७८
  • 1.2K
    SHARES

    सांकेतिक तस्विर

    कञ्चनपुर । कञ्चनपुरमा भाडामा बस्दै आएका दुई जनाले आफ्नै घरबेटीलाई लुटेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–३ मा बस्ने सन्तोश पाण्डेको परिवारका सबै सदस्यलाई बेहोस बनाएर शुक्रबार राति घरमा लुटपाट भएको हो ।

    घरमा २ दिन अगाडि मात्रै कोठा भाडा लिएर बस्दै आएका दुई जना भारतीय नागरिकले सबैलाई बेहोस बनाएर लुटपाट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।



    उनका अनुसार शुक्रवार राति ती भारतीय नागरिकले परिवारका सदस्यलाई श्रीमतीको जन्मदिन परेको भन्दै नसालु मिठाइ र केक खुवाएर बेहोस बनाएका थिए ।



    बेहोस भएका पाण्डे, उनकी श्रीमती कमला, २० वर्षीया छोरी सोना, १८ वर्षीय छोरा सन्दिप र १४ वर्षीय छोरा सुदिपको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरुले घरमा रहेको गरगहना, नगद, मोबाइल, कम्प्युटर लगायतका सरसामान चोरी गरेको पीडितले बताएका छन् । चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक शाहले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार