Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • झापाबाट भरुवा बन्दुक बनाउने फलामे पाईपसहित दुईजना पक्राउ

    झापाबाट भरुवा बन्दुक बनाउने फलामे पाईपसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २३ माघ २०७८
  • 1.2K
    SHARES

    झापा । झापामा सशस्त्र प्रहरीले भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित दुई जनालाई पक्राउ गरेको छ ।

    जिल्लाको मेचीनगर नगरपालिका २ स्थित भृकुटी ईलाकाबाट माघ २१ गते भरुवा बन्दुक बनाउने सात थान फलामे पाईपसहित तेह्रथुम जिल्लाको आठराई गाउँपालिका ५ बस्ने ६३ वर्षिय तेजमान लिम्बु र झापा जिल्लाको मेचीनगर नगरपालिका ४ बस्ने प्रविण भारतीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।



    मे १ ह ६०५६ नम्बरको अटोमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा भरुवा बन्दुक बनाउने उक्त पाईपसहित बारुद बनाउन प्रयोग हुने करीव ५८ के.जी. सोडा र ३ के.जी. ५ सय ग्राम गन्धक फेला पारेको हो ।



    पक्राउ परेका दुवै जनालाई बरामद सामान र उक्त अटोसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार