Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

    जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, तपाईँले भर्नु भयो ?

    अनलाइन नेपाल
  • मंगलबार, २५ माघ २०७८
  • 1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओ का लागि आजसम्म आवेदन दिने पाइने छ ।

    यही माघ २१ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आज अन्तिम दिन आवेदन दिन पाइने भएको हो । लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो।



    सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ६ः१५ बजेसम्ममा २२ लाख १४ हजार ९१९ जना आवेदकबाट २ अर्ब ७२ करोड ५७ लाख ७ हजार रुपैयाँ बराबरको २ करोड ७२ लाख ५७ हजार ७० कित्ता शेयरको लागि आवेदन परेको छ। यो सर्वसाधारणलाई छुट्टाएको ४ लाख ८७ हजार ९०० कित्ताको ५५.८७ गुणाले बढी हो।



    लघुवित्तले निष्काशन गरेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार