Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • मधेश प्रदेशमा स्थानीय तहको चुनाव असोजमा गर्न लोसपाको माग

    मधेश प्रदेशमा स्थानीय तहको चुनाव असोजमा गर्न लोसपाको माग

    अनलाइन नेपाल
  • बुधबार, २६ माघ २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २०७९ मा गर्न माग गरेको छ ।

    लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। सरकारको बैशाखमा गर्ने निर्णयले २ असोज २०७४ मा निर्वाचित भएका मधेश प्रदेशका जनप्रतिनिधिको अधिकार कुण्ठित हुने सोनालको भनाइ छ।



    बिज्ञप्तिमा भनिएको छ, ‘संविधानले स्थानीय जनप्रतिनिधिको पदापधि ५ वर्ष हुन्छ भनेको छ । मधेश प्रदेशका जनप्रतिनिधिको कार्यकाल ५/६ महिना कटौती गर्ने अधिकार कसैलाई छैन, निर्वाचन आयोगलाई पनि छैन ।’



    २०७४ सालमा स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । तत्कालिन प्रदेश २ (हालको मधेश प्रदेश) मा २०७४ साल असोज २ गते स्थानीय तहको निर्वाचन भएको थियो । सरकारले सोमबार मात्रै स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार