Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • आफू प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गर्ने एकजना पक्राउ

    आफू प्रहरी हुँ भन्दै नगद र मोबाइल लुटपाट गर्ने एकजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.1K
    SHARES

    काठमाडौं । प्रहरी भन्दै नगद र मोबाइल लुटपाट गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका ३ सुन्ताखान बस्ने २७ बर्षीय सुजन मिश्र रहेका छन् ।

    काठमाडौ महानगरपालिका ६ कुशल ब्यांङ्केट अगाडी दुईजना ब्यक्तिहरु चिया खाइरहेको अवस्थामा आफुहरु प्रहरी भएको बताउने दुईजना ब्यक्तिहरुले नगद रू ६० हजार र दुईवटा मोबाइल लुटेका थिए । उनीहरुले धाक धम्की ती व्यक्तिलाई लागुऔषध कारोबारी भएको भन्दै बौद्धस्थित एक होटलको कोठामा लगेर लुटपाट गरेका हुन् ।



    मोबाइल र नगद लुटेर लगेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको हो । उनको साथबाट नगद रू १० हजार र दुई थान मोबाइल र सुजन मिश्रको नामको राष्ट्रिय अनुसन्धान बिभागको सहायक सूचक पदको परिचय पत्र बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।



    घटनाको सम्बन्धमा मिश्र उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२०अन्तर्गत चोरी तथा डाका सम्वन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान कार्य अगाडी बढाइएको छ । अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर महानगरीय प्रहरी बृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार