Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउने सरकारको निर्णय

    १८ वर्ष माथिका सबैलाई कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २७ माघ २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिने निर्णय गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बसेको बैठकले पहिलो शृङ्खला खोप लगाएको ६ महिना पूरा भएका १८ वर्ष माथिकालाई खोप उपलब्धताका आधारमा बुस्टर डोज खोप दिने निर्णय गरेको छ ।



    बुस्टर डोजको रुपमा कोभिशिल्ड, एस्ट्राजेनेका, मोडर्ना वा फाइजर खोप दिइने भएको छ ।



    मन्त्रालयका जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठले सबै ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्र लेखी बुस्टर डोज खोप दिन निर्देशन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार