Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालले ओमानलाई ६ विकेटले हरायो, दीपेन्द्र बने नायक !

    नेपालले ओमानलाई ६ विकेटले हरायो, दीपेन्द्र बने नायक !

    अनलाइन नेपाल
  • शुक्रबार, २८ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । ओमानमा जारी चार देशीय टी-२० सिरिजको पहिलो खेलमा नेपालले विजय सुरुवात गरेको छ ।

    अलअमेरत क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गर्दै पहिलो खेलमा विजय सुरुवात गरेको हो ।



    दीपेन्द्रसिंह ऐरीले ५३ बलमा ८ चौका र १ छक्काको मद्दतमा अविजित ७३ रन बनाएपछि १३६ रनको लक्ष्य नेपालले ३ बल अगावै पूरा गरेको हो ।



    त्यस्तै आरिफ शेखले २० बलमा २५ , ओपनर आसिफ शेखले १४, ज्ञानेन्द्र मल्लले १३, प्रदीप ऐरीले ४ र शरद भेषावकरले अविजित ४ रन बनाए । ओमानका लागि कल्लीमुहाले २ र खावर अलीले १ विकेट लिए ।

    टस हारेर ब्याटिङ गरेको ओमानले १३५ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुदले अविजित ४३ रन बनाए । मोहम्मद नदिमले ३१ रन बनाए । त्यस्तै, कश्यप प्रजपति ११, जतिन्दर सिंह १३, शोइब खान ११, आयन खान ११ र कुर्राम नवाजले ६ रन बनाए ।

    नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । नेपालका कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले एक/एक विकेट हात परेका थिए । सिरिजमा नेपालले अर्को खेलमा यूएईसँग शनिवार र सोमवार आयरल्याण्डसँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार