Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्लाहीमा लागूऔषधसहित दुई युवा पक्राउ

    सर्लाहीमा लागूऔषधसहित दुई युवा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्वर ६ बस्ने २३ वर्षीय दिपेश विक र १९ वर्षीय सन्तोष बम्जनरहेका छन् । उनीहरुलाई शनिबार मलंगवा नगरपालिका वडा नम्वर ९ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।



    उनीहरुलाई ५८५ पिस नाईट्रोभेट ट्याब्लेटसहित नियन्त्रणमा लिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।



    भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थमा उनीहरुलाई शरीर खानतलासी गर्दा विकको साथबाट १० पता र बम्जनको साथबाट साँढे नौ पता नाईट्रोभेट बरामद् भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेका दुवैजनामाथि लागूऔषध नियन्त्रण ऐन अनुसार कार्बाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार