Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • एमसीसीबारे सभामुखले भने–म अम्पायर मात्र हो, दलहरू सहमत भए रोक्दिनँ

    एमसीसीबारे सभामुखले भने–म अम्पायर मात्र हो, दलहरू सहमत भए रोक्दिनँ

    अनलाइन नेपाल
  • सोमबार, २ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का सम्बन्धमा आफ्नो भूमिका ‘अम्पायर’को जस्तो मात्रै भएको बताएका छन् ।

    सोमबार आफैले बोलाएको सर्वदलीय बैठकमा उनले यस्तो जनाएका हुन् । बैठकमा नेताहरुबीच एमसीसी र संसद्को अवरोध खुलाउने विषयमा छलफल भएको थियो ।



    सोमबार आफूले बोलाएको सर्वदलीय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले भने–‘म अम्पायर न हुँ निर्णायक भूमिका त दलको हुन्छ ।’



    उनले दलहरुबीच सहमति भए आफूले एमसीसी अघि बढ्नबाट नरोक्ने भन्दै आफ्नो भूमिका अम्पायरको जस्तो मात्रै भएको प्रतिक्रिया दिए । उनले भने–‘एमसीसीका सम्बन्धमा म अम्पायरमात्रै हो । दलहरू सहमत भए म रोक्दिन । आजको बैठक विशेष भएको छ । संसद्को अवरोध हटाउने विषयमा नेताहरूले पहल गर्नुहुनेछ ।’

    उनले दलका नेताहरूले संसद्को अवरोध हटाउन प्रतिपक्षलाई पनि सहमतिमा ल्याउने विश्वास व्यक्त गर्दै अब संसद् सुचारु हुनेमा आफू विश्वस्त रहेको बताए । सभामुख सापकोटाले भने–‘राजनीतिक दलका नेताहरूले प्रतिपक्ष दललाई सहमतिमा ल्याउनु हुन्छ र शीर्ष नेताहरूले संसद् सुचारु गर्न लागि पहल गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

    सभामुख सापकोटाले आफूले सभामुखको हैसियतमा जिम्मेवारी निर्वाह गर्ने दाबी गर्दै भने–‘म ओपन माइन्ड छु । सवैका कुरा गम्भीरतापुर्वक सुनेको छु । सभामुखको हैसियतले निर्णय गर्नुपर्छ म त्यो गर्छु ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार