Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • सभामुखलाई प्रधानमन्त्रीको फोन: कार्यव्यवस्था समितिको बैठक बोलाउनु

    सभामुखलाई प्रधानमन्त्रीको फोन: कार्यव्यवस्था समितिको बैठक बोलाउनु

    अनलाइन नेपाल
  • मंगलबार, ३ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरेका छन् । फोनमा प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

    देउवाले मंगलबार सभामुख सापकोटालाई टेलिफोन गरी प्रतिनिधि सभा बैठकका कार्यसूची तय गर्न समितिको बैठक बोलाउन आग्रह गरेका हुन्।



    प्रतिनिधि सभा बैठक बुधबार बस्ने तय भएको छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने/नबस्ने तय भएको छैन । त्यसकै लागि प्रधानमन्त्री देउवाले सभामुख सापकोटालाई फोन गरेका हुन्।



    प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल हुने सम्भावना छ । कानुनमन्त्री दिलेन्द्र प्रसाद बडुका अनुसार भोलिकै बैठकमा एमसीसी टेबुल गरौं भन्ने प्रस्ताव कांग्रेसले गरेको छ ।

    यसअघि आज बसेको कांग्रेस संसदीय दलको बैठकमा उपस्थित अधिकांश सांसदहरुले एमसीसीको पक्षमा बहस गरेका थिए। उनीहरू सबैले छिटो भन्दा छिटो एमसीसी अनुमोदन गर्नुपर्ने बताएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार