Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धरानको जंगलमा मानिसको टाउको, शव र खुट्टा छुट्टाछुट्टै झोलाभित्र भेटियो

    धरानको जंगलमा मानिसको टाउको, शव र खुट्टा छुट्टाछुट्टै झोलाभित्र भेटियो

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.3K
    SHARES

    फाइल फोटो

    धरान ।  धरान-भेडेटार सडक खण्डमा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ।

    बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार आपगाछी क्षेत्रको उक्त जंगलमा दाउरा खोज्न गएका स्थानीयले बुधबार झोलाभित्र टाउको र खुट्टा भेटेका थिए। पुरुषको जस्तो देखिने टाउको फेला परेपछि बुधबार स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।



    सूचना पाएलगत्तै खटिएको प्रहरीको टोलीले उक्त स्थान नजिकै अर्को झोलाभित्र शरिर पनि फेला पारेको हो। यद्यपि उक्त शरिर र टाउकोको पहिचान भने खुलेको छैन।

    अहिले उक्त स्थानमै पुगेर प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार