Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

    सहकारीको सिद्धान्त, मुल्य र मान्यता अनुरुप काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, ५ फाल्गुन २०७८
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीको सर्वमान्य सिद्धान्त, मुल्य र मान्यता अनुसार सहकारीहरुलाई अगाडि बढाउन कसैको दबाब र प्रभावमा नपरी काम गर्न सहकारी विभागलाई निर्देशन दिएकी छन् ।

    नयाँबानेश्वरस्थित सहकारी विभागको आज अनुगमन तथा निरिक्षण गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि अनुगमनलाई प्रभावकारी बनाउदै जिम्मेवार भएर काम गर्न निर्देशन दिएकी हुन्।



    उनले भनिन्, ‘धेरै सहकारीहरुले सिद्धान्त, मुल्य र मान्यताअनुसार काम नगरेको र सदस्यहरु मारमा परेको गुनासो बढ्दै गइरहेको अवस्थामा समयमा नै समस्या पहिचान गर्नुस त्यसको समाधानका लागि मन्त्रालय तयार छ ।’



    मन्त्री श्रेष्ठले नियमित रुपमा सञ्चालनमा रहेका सहकारीको वास्तविक तथ्याङ्क लिनु पर्ने, सहकारी एकीकरणमा देखिएको समस्या समाधान गर्नुपर्ने,
    सहकारी प्रशिक्षण केन्द्रलाई स्तरोन्नती गर्नुपर्ने र संघीयताको मर्म अनुसार आ–आफ्नो क्षेत्राधिकार भित्र रहेर सहकारी विभाग र प्रशिक्षण केन्द्रले परिणाम निस्कने गरी काम गर्नु पर्नेमा जोड समेत दिइन् ।

    सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलीयाले सहकारी क्षेत्रमा सुशासन कायम गर्न राम्रा काम गनेर्
    लाई सम्मान र नराम्रो गर्नेलाई दण्डित गर्न आवश्यक रहेको भन्दै त्यसमा विभागले प्रभावकारी भूमिका खेल्नु पर्ने बताए ।

    सहकारी विभागका रजिष्टार रुद्रप्रसाद पण्डितले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि आफुले पहल शुरु गर्ने र सहकारीको नियमन, प्रवद्र्धन र
    प्रशिक्षणलाई जोड दिएर कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गरिन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार