Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सहकारी मार्फत् युवाहरुलाई रोजगारी दिनुपर्छ : मन्त्री श्रेष्ठ

    सहकारी मार्फत् युवाहरुलाई रोजगारी दिनुपर्छ : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १ पुष २०७९
  • 795
    SHARES

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय सम्बन्धी छरिएर रहेका ऐन र कानुनलाई एकीकृत गर्ने काम मन्त्रालयले गरिरहेको बताएकी छिन् ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन वुलेटिनको मन्त्रालयमा बिहीबार लोकार्पण गर्दै उनले सो कुरा बताइन् । मन्त्री श्रेष्ठले गुठी विधेयक ल्याउन तयारी भइरहेको पनि जानकारी गराइन् ।



    नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै मन्त्री श्रेष्ठले सदस्य केन्द्रित सहकारी विकास गरेर जाने र मस्याग्रस्त सहकारीहरुको उचीत वयवस्थापन गरिने जानकारी गराइन् ।



    मन्त्री श्रेष्ठले सहकारीहरु आफ्नो उद्देश्य, मर्म र भावनाअनुसार सञ्चालन हुनु पर्नेमा जोड दिइन् । सहकारीका माध्यमबाट रोजगारीको विकास गरी युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सकिने भन्दै उनले त्यसतर्फ सहकारीहरुलाई लाग्न सुझाव दिइन् ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानुनहरु पुराना भएकाले त्यसलाई समयानुकुल परिमार्जन गर्न सुझाव दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार