Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • मन्त्री श्रेष्ठद्वारा दलित र सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण

    मन्त्री श्रेष्ठद्वारा दलित र सुकुम्वासी परिवारलाई लालपूर्जा वितरण

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 780
    SHARES

    मोरङ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मोरङको कानेपोखरी गाउँपालिकामा भूमिहीन सुकुम्वासी र भूमिहीन दलित गरेर ३६ वटा लालपूर्जा वितरण गरेकी छन् ।

    राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङ मार्फत कानेपोखरी गाउँपालिकाको वडा नं। ६ का २७ भूमिहीन सकुम्वासी र ९ भूमिहीन दलित घरपरिवारलाई मन्त्री श्रेष्ठले लालपूर्जा वितरण गरेकी हुन् ।



    मन्त्री श्रेष्ठले यही वर्षभित्रमा गाउँव्लक, पुनःनापी र विशेष नापीबाट बाँकी सम्पूर्ण गाउँव्लकमा लालपूर्जा वितरण गरिसक्ने गरी काम तिब्र पारिएको बताइन् । उनले भन्दै २ वर्षभीत्र भूमिसम्बन्धी सबै खालका समस्या समाधान गरिसक्ने प्रतिवद्धता पुरा गरिछाड्ने बताइन् ।



    मन्त्री श्रेष्ठले भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपूर्जा वितरणको काम भोट माग्ने र राजनीति गर्नका लागि नभई नागरिकलाई संविधानमा लिपिबद्ध गरिएका हक कार्यान्वयनका लागि सरकारले गरिरहेको नियमित काम भएकाले निर्वाचन आचारसंहिताले यसलाई छेक्न नहुने पनि बताएकी छन् ।

    मन्त्री श्रेष्ठले अहिलेको अवस्थामा गरिब पहिचान गर्ने र पहिचान भएका गरिव तथा विपन्न घरपरिवारलाई राज्यसुविधा परिचयपत्र दिने र राज्यसुविधा परिचयपत्रलाई संविधानमा नै लिपिबद्ध भएको गरिव तथा विपन्न लक्षित सेवा सुविधासँग आवद्ध गर्ने काम अगाडी बढाइएको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार