Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वितरण गरिएको लालपुर्जा खारेज हुँदैन : मन्त्री श्रेष्ठ

    वितरण गरिएको लालपुर्जा खारेज हुँदैन : मन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, १४ भाद्र २०७९
  • 717
    SHARES

    फाइल फोटो

    काठमाडौं । अहिलेसम्म वितरण गरिएका लालपुर्जा खारेज नहुने भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले ढुक्क रहन आश्वासन दिएकी छन् ।

    सुकुमबासी, भूमिहीन, मुक्तकमैया लगायतलाई उनीहरूको सम्पत्तिमाथिको अधिकार सुनिश्चित गराउन मन्त्री श्रेष्ठले लालपुर्जा वितरण गरेकी थिइन् ।



    मन्त्री श्रेष्ठले मुक्तहलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनःस्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताएकी छन् ।



    महिलाको संविधानमा भएको सम्पत्तिको समान हकको कार्यान्वयन गर्न अंशबण्डा गर्दा छोरीलाई पनि अनिवार्य उपस्थित गराउन देशभरका मालपोत कार्यालयमा निर्देशन गरी कार्यान्वयनमा ल्याइएको पनि उनको भनाइ छ । कारोबार दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार