Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कैलालीको बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण

    कैलालीको बादी बस्तीमा १३० भूमिहीन दलित परिवारलाई लालपूर्जा वितरण

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 846
    SHARES

    कैलाली । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमिको समुचित प्रयोग गरेर कृषि उत्पादन र उत्पादकत्व बढाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरिसकेको बताएकी छन् ।

    कैलालीको लम्कीचुहा नगरपालिका-३ को बादी बस्तीमा १३० भूमिहीन दलितलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले नदी उकासदेखि बाझो जमिनको समुचित प्रयोग गर्ने र कृषिमा उत्पादन र उत्पादकत्व बढाएर देशभित्र नै रोजगारी सिर्जना गर्दै आत्मनिर्भर अर्थतन्त्र विकास गर्न सरकारले योजना बनाएर काम सुरु गरेको बताइन् ।



    मन्त्री श्रेष्ठले संविधानमा लिपिबद्ध नागरिकका सम्पूर्ण अधिकार कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको र भूमिहीन दलित, भूमिहीन सुकुम्बासीको हक अधिकार स्थापित गर्नु भूमिहीनलाई भूमि वितरणको काम गरिरहेको बताइन् ।



    मन्त्री श्रेष्ठले मुक्त हलिया, कमैया, कमलरी र हरवाचरवाको समस्या समाधान गर्न कार्यदलले दिएको प्रतिवेदनअनुसार पहिचान, प्रमाणीकरण गर्ने, कार्यविधि तयार गर्ने र पुनर्स्थापनाको कामका लागि कार्ययोजना बनाएर अगाडि बढिसकेको पनि बताइन् ।

    नागरिकलाई रोजगारीको सिर्जना गर्न योजना बनाइसकेको र रोजगारी खोज्न बाहिर हिँड्नु नपर्ने गरी काम गर्न सरकार प्रबिद्ध भएर लागेको पनि मन्त्री श्रेष्ठले बताए । उनले भूमिहीनलाई लालपुर्जा वितरणको काम अभियानको रुपमा अगाडि बढाइएको र हालसम्म गाउँब्लकमा ५० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरेर कानुनी रुपमा जग्गाको मालिक बनाइएको बताइन् ।

    मन्त्री श्रेष्ठले यहि वर्षभित्र ३०० पालिकाका पाँच लाख भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने र दुई वर्षभित्र भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न मन्त्रालय सबै खालका प्राविधिक समस्या, कानुनी र कार्यविधिगत जटिलता हटाउँदै नतिजा दिनेगरी काम गरिरहेको पनि बताए ।

    उनले २०४९ सालभन्दा अगाडि विभिन्न साझा संस्थामा किसानले मल लिनका लागि धितो राखेको जग्गा लिलामी हुने अवस्थामा रहेको भन्दै उनीको ऋण मोचन गर्ने आफू लागि परेको पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार