Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

    चुनावको मुखैमा नेपाल प्रहरीका १२ डीआईजीसहित ठूलो संख्यामा पद रिक्त हुँदै

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । ३० वैशाखमा घोषित स्थानीय तहको निर्वाचनअघि नै प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीको ब्याचका १७ जना प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण घर जाँदै छन् ।

    चुनाव हुनुभन्दा १२ दिनअघि अनिवार्य अवकाश पाउनेमा ३ एआईजी, १२ डीआईजी र एक एसएसपी छन् । उनीहरू सबै १९ वैशाख २०४९ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।



    त्यस दिन महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पाल, अपराध अनुसन्धान विभाग प्रमुख एआईजी प्रद्युम्नकुमार कार्की र प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख एआईजी निरजबहादुर शाही त्यसै दिन घर जाँदै छन् ।



    त्यस दिन पाँचवटा प्रदेशका प्रहरी प्रमुख पनि घर जानेछन् । घर जाने तयारी हालतमा रहेका डीआईजीमा मधेस प्रदेशका उमेश रंजितकार, बाग्मतीका प्रकाशजंग कार्की, लुम्बिनीका प्रकाश अधिकारी, कर्णालीका गणेशबहादुर ऐर र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख पुरुषोत्तम कँडेल छन् ।

    यस्तै, दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरीका काउन्सिलर एसएसपी वीरेन्द्रकुमार बस्यालको पनि ३० वर्ष सेवा हद आगामी १८ वैशाखमा पूरा हुँदै छ । राजधानी दैनिकमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार