Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • टी–२० विश्व कप ग्लोबल छनोट : आज नेपाल र ओमान भिड्दै

    टी–२० विश्व कप ग्लोबल छनोट : आज नेपाल र ओमान भिड्दै

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 918
    SHARES

    फाइल फोटो

    काठमाडौं । आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ ।

    खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् ।



    आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् ।



    नेपालले विश्वकप छनोटको तयारीको रुपमा खेलिएको चार देशीय सिरिजमा भने ओमानलाई हराएको थियो। ओमान र नेपाललाई ग्रुप बी बाट सेमिफाइनलमा पुग्ने दुई बलियो दाबोदार टोलीको रुपमा हेरिएको छ।

    त्यसैले शुक्रबारको खेलमा जित हात पार्ने टोलीलाई सेमिफाइनलमा पुग्न केही सहज हुने अपेक्षा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार