Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • टी–२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

    टी–२० विश्वकप : उपाधिका लागि आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 732
    SHARES

    काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज इङ्ल्यान्ड र पाकिस्तान खेल्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ । टी–२० विश्व कपको यो आठौँ संस्करण हो ।

    इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका हुन् । यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्नेछ । वेस्ट इन्डिज समूह चरणबाटै बाहिरियो ।



    पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई १० विकेटले हराएको थियो । लगातार दुई खेलमा पराजित पाकिस्तान सुपर–१२ को समूह ‘२’ मा दक्षिण अफ्रिका, नेदरल्यान्ड्ससँग पराजित हुँदा उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न सफल भयो ।



    नेपाली समयअनुसार १ः४५ बजे सुरु हुने यस खेलका लागि सबै टिकट बिक्री भइसकेको छ । ९० हजार दर्शकले हेर्ने अनुमान गरिएको यो खेल वर्षाले बिथोलिने चिन्ता पनि उत्तिकै छ । मेलबर्नको मौसम अनिश्चित हुने भएकाले पनि फाइनल बिथोलिन सक्ने चिन्ता देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार