Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • टी–२० विश्वकप : जिम्बाब्वेलाई हराएर समूह विजेता बन्दै भारत सेमिफाइनलमा

    टी–२० विश्वकप : जिम्बाब्वेलाई हराएर समूह विजेता बन्दै भारत सेमिफाइनलमा

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 744
    SHARES

    काठमाडौं । जिम्बाब्वेमाथि ७१ रनको फराकिलो जित निकाल्दै भारत समूह–२ को विजेताको रूपमा आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    अस्ट्रेलियाको एड्लेइड क्रिकेट मैदानमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले १७.२ ओभरमा सबै विकेट गुमाएर ११५ रनमात्र बनाउँन सक्यो ।



    जितसँगै समूह–२ को विजेताको हैसियतमा सेमिफाइनल पुगेको भारतले पाँच खेलबाट आठ अंक जोड्यो । समान खेलबाट ६ अंक जोडेको पाकिस्तान उपविजेताको रुपमा सेमिफाइनल पुग्यो । बाँकी चार टिम दक्षिण अफ्रिका, नेदरल्यान्ड्स, बंगलादेश र जिम्बाब्वे भने सुपर–१२ बाट बाहिरिएका छन् ।



    सेमिफाइनलमा समूह–२ को विजेता भारतले समूह–१ को उपविजेता इङ्ल्यान्डसँग र पाकिस्तानले समूह–१ को विजेता न्युजिल्यान्डसँग खेल्नेछ ।

    पहिलो सेमिफाइनल खेल नोभेम्बर ९ मा हुनेछ । जहाँ न्युजिल्यान्डले पाकिस्तानविरुद्ध खेल्नेछ । यस्तै, १० नोभेम्बरमा भारत र इङ्ल्यान्डबीचको दोस्रो सेमिफाइनल खेल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार