Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • टी–२० विश्व कप : इंग्ल्यान्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

    टी–२० विश्व कप : इंग्ल्यान्ड सेमिफाइनलमा, आयोजक अष्ट्रेलिया बाहिरियो

    अनलाइन नेपाल
  • शनिबार, १९ कार्तिक २०७९
  • 759
    SHARES

    एजेन्सी । इंग्ल्यान्डले टी–२० विश्वकप सुपर–१२ को ग्रुप–१ को अन्तिम लिग खेलमा श्रीलंकालाई पराजित गरेको छ ।

    सिड्नीमा शनिबार भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ । जितसँगै इंग्ल्याण्डले टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान पक्का बनाएको छ ।



    श्रीलंकाले दिएको एक सय ४२ रनको लक्ष्य इंग्ल्याण्डले ६ विकेट गुमाएर २ बल बाँकी छँदै भेटायो ।



    आजको नतिजाले आयोजक अष्ट्रेलिया समेत प्रतियोगिताबाट बाहिरिएको छ । इंग्ल्याण्डसँग समान ७ अंक भए पनि रन रेटका आधारमा पछि पर्दै अष्ट्रेलिया बाहिरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार