Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • टी–२० विश्व कप : नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका पराजित, पाकिस्तान र बंगलादेशलाई सुनौलो मौका

    टी–२० विश्व कप : नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका पराजित, पाकिस्तान र बंगलादेशलाई सुनौलो मौका

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 810
    SHARES

    एजेन्सी । आईसीसी टी–२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिका नेदरल्यान्ड्सँग १३ रनले पराजित भएको छ ।

    अस्ट्रेलियाको एडिलेडमा नेदरल्यान्ड्सले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याइरहेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन मात्रै बनायो ।



    टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो । दक्षिण अफ्रिका पराजयसँग बाहिरिएको छ।



    यो नतिजासँगै पाकिस्तान र बंगलादेशलाई सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ।

    आजको दोस्रो खेलमा बिहान पौने १० बजे पाकिस्तान र बङ्लादेशबीच खेल हुनेछ । आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार