Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • नेपोली र बार्सिलोनाको खेल बराबरीमा रोकियो

    नेपोली र बार्सिलोनाको खेल बराबरीमा रोकियो

    अनलाइन नेपाल
  • शुक्रबार, ६ फाल्गुन २०७८
  • 978
    SHARES

    एजेन्सी । युइएफए युरोपा लिगमा बार्सिलोना र नेपोलीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको हो ।

    बिहीबार भएको अन्तिम ३२ अन्तर्गतको पहिलो लेगको खेलको २९ औं मिनेटमा नै नेपोलीले अग्रता लिएको भए पनि अन्तिम समयसम्म यसलाई बचाउन भने सकेन ।



    खेलको ५९ औं मिनेटमा बार्सिलोनाका लागि फेरान टोरेसले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।



    च्याम्पियन्स लिगको सम्भावना गुमाइसकेको बार्सिलोनाले आफ्नो युरोपा लिगको सपना भने कायम राखेको छ । आगामी बिहीबार यी दुई टोलीको बीचमा पुनः प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार