Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • टी-२० विश्वकप ग्लोबल छनोट:

    कुशलले तोडे पारसको कीर्तिमान, ऐरीको पनि अर्धशतक पुरा

    कुशलले तोडे पारसको कीर्तिमान, ऐरीको पनि अर्धशतक पुरा

    अनलाइन नेपाल
  • शनिबार, ७ फाल्गुन २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली किर्केटका ओपनर कुशल भुर्तेलले फिलिपिन्सविरुद्ध अर्धशतक पूरा गर्दै पूर्व कप्तान पारस खड्काको कीर्तिमान तोडेका छन् ।

    ओमानमा जारी खेलमा कुशलले ३२ बलमा ५२ रन बनाए । उनले ९ चौका हिर्काए ।



    उनले आफ्नो टि-२० आई करिअरको पाँचौं अर्धशतक पूरा गरेका हुन् ।



    कुशल नेपालबाट टि-२० आईमा सर्वाधिक अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । उनले पारस खड्काको नाममा रहेको ४ अर्धशतकको कीर्तिमान तोडेका हुन् ।

    जारी खेलमा नेपालले १६ ओभरमा २ विकेट गुमाउँदै १८२  रन बनाएको छ । क्रिजमा ओपनर कुशल भुर्तेल ९३ रनमा अविजित छन् ।

    उनलाई दीपेन्द्रसिंह ऐरीले ६५ रनमा साथ दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार