Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

    नेदरल्यान्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

    अनलाइन नेपाल
  • आइतबार, १३ फाल्गुन २०८०
  • 372
    SHARES

    काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले नेदरल्यान्ड्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

    उनी हाल ७८ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । आफ्नो इनिङ्समा उनले ५ चौका हिर्काएका छन् ।



    अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा उनको आठौँ अर्धशतक हो । नेपालले ३१.४ ओभरमा ६ विकेटको क्षतिमा १ सय २ रन बनाएको छ ।



    त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गरेको छ ।

    पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले ४२ रनको साझेदारी गरेका थिए । थप ५४ रन जोड्दा ६ विकेट गुमायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार