Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एकदिवसीय क्रिकेटमा भुर्तेलले पूरा गरे एक हजार रन ‍

    एकदिवसीय क्रिकेटमा भुर्तेलले पूरा गरे एक हजार रन ‍

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौ । नेपाली ब्याटर कुशल भुर्तेलले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

    सोमबार एसिया कपमा भारतविरुद्ध खेल्दै भुर्तेलले एक हजार रन पूरा गरेका हुन् । एक दिवसीय क्रिकेटमा भुर्तेल एक हजार रन बनाउने तेस्रो नेपाली खेलाडी हुन् ।



    नेपालका कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले एक हजार रन पूरा गरिसकेका छन् । भुर्तेलले ४६ औं खेलमा हजार रन पूरा गरेका छन् ।



    एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ५ रन जोड्दै उनको एक हजार रन पूरा भएको हो । उनी अहिले ६ रनमा खेल्दैछन् ।

    भुर्तेलले ४७ खेल खेल्नेक्रममा एक सतक र ६ अर्धसतक बनाएका छन् । यसअघि रोहित पौडेल र आसिफ शेखले मात्र एक हजार रन पूरा गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार