Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • आयरल्याण्डविरुद्ध नेपाललाई पहिलो झड्का, ओपनर भुर्तेल आउट

    आयरल्याण्डविरुद्ध नेपाललाई पहिलो झड्का, ओपनर भुर्तेल आउट

    अनलाइन नेपाल
  • मंगलबार, १९ असार २०८०
  • 846
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भैरहेको खेलमा नेपाललाई पहिलो झड्का लागेको छ ।

    आयरल्याण्डविरुद्धको खेलमा ओपनर कुशल भुर्तेल आउट भएका हुन् ।



    उनी आठ रन बनाउँदै आउट भए । उनको विकेट क्रेग योङले लिए । नेपाल ८.१ ओभरमा २७ रन बनाएर खेल्दैछ ।



    नेपाल समूह एबाट ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर बाहिरिएको थियो । नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो ।

    जिम्बावेसँग ८ विकेट, वेस्टइन्डिजसँग १ सय १ र नेदरल्यान्ड्ससँग ७ विकेटले पराजित भएपछि सुपर सिक्समा पुग्न सकेको थिएन ।

    नेपालले सातौं स्थानको प्ले अफ सेमिफाइनलमा यूएईलाई ३ विकेटले पराजित गर्दै आयरल्याण्डसँगको भेट पक्का गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार